२०८३, आश्विन २० गते

images

जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन : परराष्ट्र सचिव राई

जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन : परराष्ट्र सचिव राई

बिहिवार, भाद्र १९ २०८२१०:२७
बिहिवार, भाद्र १९ २०८२१०:२७
  • images

    काठमाडौं । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनः स्पष्ट गरेको छ ।

    चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा १४ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जीएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

    परराष्ट्र सचिव अमृतबहादुर राईले भने, ‘मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ । परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टिकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’

    प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend