२०८३, आश्विन २० गते

images

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा.शम्भु ढकाल

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा.शम्भु ढकाल

बिहिवार, भाद्र १९ २०८२०१:१९
बिहिवार, भाद्र १९ २०८२०१:१९
  • images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। 
     
    संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएका हुन्। यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग) का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेकाे समितिले जनाएको छ। 

    समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ। समितिका नव नियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।
     

    अध्यक्ष र सदस्यहरुलाई ५ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। समितिमा यसअघि प्रा श्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो। अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो। समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ। कार्यकारी निर्देशक भने खुला प्रतिष्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ। त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend