२०८३, आश्विन २० गते

images

निफ्राले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?

निफ्राले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?

शुक्रवार, भाद्र २० २०८२११:०३
शुक्रवार, भाद्र २० २०८२११:०३
  • images

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहित हो ।

    हाल चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरिएको कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ हाराहारीमा छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend