२०८३, आश्विन २१ गते

images

पैगम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

पैगम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

शुक्रवार, भाद्र २० २०८२१२:०८
शुक्रवार, भाद्र २० २०८२१२:०८
  • images

    काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन् । 

    पैगम्बर हजरतको आज १५००औँ जन्मोत्सव हो । मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिनुभयो ।

    आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend