२०८३, आश्विन २० गते

images

सेजनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भागवत भट्टराई

सेजनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भागवत भट्टराई

शनिवार, भाद्र २१ २०८२०८:०६
शनिवार, भाद्र २१ २०८२०८:०६
  • images

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारण सभाबाट भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि भागवत भट्टराईले ११० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरेकी थिइन्।

    महासचिव पदमा कमल बस्नेतले १३९ मत ल्याउँदै विजयी भए भने अच्युत पुरीले १०४ मत पाए। कोषाध्यक्षमा केशु लामिछानेले १३३ मत ल्याएर जित हासिल गरे भने ममता थापाले १०८ मत पाएकी थिइन्।

    सदस्यतर्फ राजु बास्कोटा (१५९), कमल धिताल (१८५), अर्जुन तामाङ (१४१), भोजराज भण्डारी (१४७) र सीमा तामाङ (२००) विजयी भए। भरत रावलले १३१ मत प्राप्त गरे पनि पराजित भए। त्यस्तै, उपाध्यक्षमा जीवनकुमार बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध चयन भएका छन्। निर्वाचनमा २४६ मत खसेकोमा एक मत बदर भएको सेजनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend