२०८३, आश्विन २० गते

images

लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेको संरचना भत्काइयो

लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेको संरचना भत्काइयो

आइतवार, भाद्र २२ २०८२०२:४९
आइतवार, भाद्र २२ २०८२०२:४९
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ। आइतबार बिहान तीनवटा डोजरसहित पुगेको नगर प्रहरी टोलीले वडा नं. ५ मा रहेको सरकारी कित्ता नं. १०५ (क्षेत्रफल १७-०-०-०) मा बनेको संरचना हटाएको हो।

    नगर प्रहरी प्रमुख सीताराम हाछेतुले ३५ दिने सूचना टाँसेर तोकिएको समयसीमा नाघेकाले डोजर चलाइएको जानकारी दिए। उनका अनुसार महानगरले सार्वजनिक जग्गा र ऐतिहासिक पोखरी संरक्षण गर्ने नीतिअनुसार कारबाही थालेको हो।

    सो क्षेत्र न्हुः पोखरी रहेको स्थान हो। महानगर कार्यपालिकाले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बजेट विनियोजनअनुसार न्हुः पोखरीको जिर्णोद्वार तथा पुनर्निर्माण कार्य अगाडि बढाउन संरचना भत्काइएको हाछेतुले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend