२०८३, आश्विन २० गते

images
  • समाचार
  • घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको...

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

सीएनएन खबर
सोमवार, भाद्र २३ २०८२१०:३३
सीएनएन खबर
सोमवार, भाद्र २३ २०८२१०:३३
  • images

    काठमाडौँ । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

    सूचना अधिकारी पासवानलेभने, “अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ ।।”  

    प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend