२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • जेनजीको प्रदर्शनमा दिवगंत भएकालाई मेयर्स फोरमको...

जेनजीको प्रदर्शनमा दिवगंत भएकालाई मेयर्स फोरमको श्रद्धाञ्जली, उपत्यकाका पालिकामा मंगलबार शोक विदा

जेनजीको प्रदर्शनमा दिवगंत भएकालाई मेयर्स फोरमको श्रद्धाञ्जली, उपत्यकाका पालिकामा मंगलबार शोक विदा

मंगलवार, भाद्र २४ २०८२१२:११
मंगलवार, भाद्र २४ २०८२१२:११
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरसले जेनजीको प्रदर्शनमा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मंगलबार उपत्यकाभित्रका पालिकामा शोक विदा दिने निर्णय गरेको छ । 

    फोरमले एक विज्ञप्ति जारी गर्र्दै  भदौं २३ गते काठमाडौंको वानेश्वर क्षेत्रमा भएको जेनजीको ¥याली तथा आन्दोलनका क्रममा १९ जना हताहत हुन पुगेको घटनाबाट काठमाडौं उपत्यका मेयर्स फोरम मर्माहत भएको जनाएको छ । 

    विज्ञप्तिमा भनिएको छ, यस घटनामा दिवंगत हुनु भएकाहरुप्रति मेयर्स फोरम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दछ । फोरमले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । उक्त घटनामा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको समेत फोरमले कामना गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend