काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा तोपका गोला र अन्य हातहतियार फेला परेका छन्।
नेपाल बार एसोसियसनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाका अनुसार, सर्वोच्च अदालतको परिसरमा भएको तोडफोड र आगजनीको क्रममा केवल सामान्य क्षति नभई तालिम प्राप्त समूहद्वारा आक्रमण भएको देखिएको छ। उनले थपे कि, अदालत परिसर र नेपाल बारको कार्यालयमा भेटिएका हतियारले घटनाको हिंसात्मक स्वरूप पुष्टि गर्दछ।

