२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • भुटानलाई हराउँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको...

भुटानलाई हराउँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

आइतवार, भाद्र ९ २०८१०६:४०
आइतवार, भाद्र ९ २०८१०६:४०
  • images

    काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

    पेनाल्टीसुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

    नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नेपाललाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण योगदान दिए ।

    नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend