२०८३, आश्विन २० गते

images

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

आइतवार, भाद्र २९ २०८२१०:१३
आइतवार, भाद्र २९ २०८२१०:१३
  • images

    काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

    उनी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता हुन् । त्यसो त आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकार गरेसँगै नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको हो ।

    नवनियुक्त महान्यायाधिवक्ता भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।

    शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै कार्कीले आज मात्रै पदभार ग्रहण गरेकी छन् । साथै उनले मन्त्रिमण्डल गठनको तयारी समेत गरेकी हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend