२०८३, आश्विन २० गते

images

पर्सामामात्रै नेपाल टेलिकमको तीन करोड बराबरकोे नोक्सानी

पर्सामामात्रै नेपाल टेलिकमको तीन करोड बराबरकोे नोक्सानी

सोमवार, भाद्र ३० २०८२०७:३८
सोमवार, भाद्र ३० २०८२०७:३८
  • images

    काठमाडौँ । गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ । 

    यही भदौ २४ गतेको आन्दोलनको भीडकोे सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिमकको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्वपूर्ण उपकरणमा  करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको  जानकारी दिए ।

    ‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’’ उनले भने, ‘‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’’ 

    पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले  सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।  

     ‘‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’’उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा  विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्यदृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु  ।’’ 

    यहाँको वीरगञ्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend