२०८३, आश्विन २० गते

images

संसद् भवनबाट घर लगिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

संसद् भवनबाट घर लगिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

सोमवार, भाद्र ३० २०८२०३:०१
सोमवार, भाद्र ३० २०८२०३:०१
  • images

    काठमाडौं । संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ ।

    संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो ।

    सचिवालयले भनेको छ- ‘उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend