२०८३, आश्विन २० गते

images
  • स्वास्थ्य
  • ग्राण्डीको तीज अफर: महिलालाई उपचारमा विशेष...

ग्राण्डीको तीज अफर: महिलालाई उपचारमा विशेष छुट

ग्राण्डीको तीज अफर: महिलालाई उपचारमा विशेष छुट

सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०६:५१
सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०६:५१
  • images

    काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ ।

    काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना को ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो ।

    ग्राण्डीले चार हजार ६०० रुपैयाँमा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ,  पेटको अल्टासाउण्डलगायतका सेवा प्रदान गर्न लागेको हो ।

    अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले  महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था  गरेको बताए। ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो । 

    आइतबारदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ । ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।

    Teej Offer.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend