२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सामान्य प्रशासन मन्त्रालयले भन्योः स्थानीय तहमा...

सामान्य प्रशासन मन्त्रालयले भन्योः स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल रमाना दिनु

सामान्य प्रशासन मन्त्रालयले भन्योः स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल रमाना दिनु

बुधवार, आश्विन १ २०८२०७:५०
बुधवार, आश्विन १ २०८२०७:५०
  • images

    काठमाडौँ । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका तर अझैसम्म तोकिएको जिम्मेवारीमा हाजिर हुन ढिलाइ गरिरहेका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई निर्देशन दिएको छ।

    मन्त्रालयले मंगलबारको सचिवस्तरीय निर्णयमार्फत पठाएको पत्रमा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएको भए पनि केही कर्मचारीहरूले अझै तोकिएको स्थानमा कार्यभार ग्रहण नगरेको भन्दै गुनासो आएको उल्लेख छ। यसले स्थानीय तहको नियमित कार्य सम्पादन र सेवा प्रवाहमा अवरोध पुगेको मन्त्रालयको भनाइ छ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) बमोजिम मन्त्रालयले उपसचिव तथा शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने व्यवस्था गरेको हो। तर, खटाइएका कर्मचारीहरू ढिलोसाथ मात्र हाजिर हुने वा नगरेको अवस्था देखिएको भन्दै मन्त्रालयले निजामती सेवा ऐन तथा नियमावलीअनुसार सम्बन्धित निकायमार्फत तुरुन्त रमाना दिन अनुरोध गरेको छ।

    मन्त्रालयले कर्मचारीको ढिलासुस्तीले वित्तीय सुशासन र प्रशासनिक प्रभावकारितामा समेत असर पार्ने भएकाले तोकिएको जिम्मेवारीबाट पछि नहट्न र यथाशिघ्र तोकिएको स्थानीय तहमा कार्यभार सम्हाल्न स्पष्ट निर्देशन दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend