२०८३, आश्विन २० गते

images

धादिङमा बस र टिपर ठोक्कियो, बस चालकसहित पाँच जना घाइते

धादिङमा बस र टिपर ठोक्कियो, बस चालकसहित पाँच जना घाइते

बुधवार, आश्विन १ २०८२१०:५७
बुधवार, आश्विन १ २०८२१०:५७
  • images

    काठमाडौं । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोक्किँदा बस चालकसहित पाँच जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशा काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आज बुधबार बिहान  साढे ८ बजे थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा आपसमा ठोक्किएको थियो । 

    दुर्घटनामा घाइते हुनेहरूमा चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, गुल्मीको दरबार गाउँपालिका–२ का ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय पंकज पाण्डे, रुपन्देहीकै कन्चन गाउँपालिका–४ की ६० वर्षीया आइतबहारी थारु र नवलपरासीको देवचुली–५ बस्ने ३२ वर्षीया पुनम थसु छन् ।नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षीय टिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend