काठमाडौँ । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्। एकसाथ ४८ जना एसपी पनि सरुवा गरिएको छ।
सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन्। केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन्।
सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन्। लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्। मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्।
यस्तै नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ। नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ।
अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ।

