२०८३, आश्विन २० गते

images
  • समाचार
  • बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनको बागलुङमा सुपथ...

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनको बागलुङमा सुपथ मूल्य पसल सञ्चालन

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनको बागलुङमा सुपथ मूल्य पसल सञ्चालन

बिहिवार, आश्विन २ २०८२०३:१३
बिहिवार, आश्विन २ २०८२०३:१३
  • images

    काठमाडौँ । बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

    नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको उनको भनाइ छ ।

    पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए । उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३५५ रुपैयाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । प्रतिव्यक्ति अधिकतम छ किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तेल किन्न पाइने उनी बताउँछन् ।

    प्रमुख श्रेष्ठले भने, “हरेक वर्ष मुख्य चाडबाडका मेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छौँ, यसपाली बजार मूल्यभन्दा चिनी प्रतिकिलो १०, नुनमा २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ७० छुटको व्यवस्था रहेको छ, सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend