२०८३, आश्विन २० गते

images

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः  मन्त्री घिसिङ

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः  मन्त्री घिसिङ

शुक्रवार, आश्विन ३ २०८२०२:४२
शुक्रवार, आश्विन ३ २०८२०२:४२
  • images

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

    शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । मन्त्री घिसिङले मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि बताए ।

    सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रिपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाइ थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम सुरु गरिसकेको पनि बताए । 

    सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाइ नहुने बताए । त्यस अवसरमा उनले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend