काठमाडौँ । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको यसअघि शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७।३६८५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो लाभांश करसहित हो ।
बैंकले बोनस सेयर नदिने भएको छ । घोषित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ ।
१ अर्ब ७ लाख रुपैयाँ बराबर बैंकले नगद लाभांश बाँड्नेछ । हाल यस बैंकको सेयर मूल्य ३४८ रुपैयाँ छ ।

