२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रातीदेखि जवाङखोलामा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध...

रातीदेखि जवाङखोलामा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्री विचल्लीमा

रातीदेखि जवाङखोलामा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्री विचल्लीमा

मंगलवार, आश्विन ७ २०८२०८:०७
मंगलवार, आश्विन ७ २०८२०८:०७
  • images

    काठमाडौँ । पटकपटक सुख्खा पहिरो खस्दा धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

    बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

    पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग भएको उनले बताए। पहिरो खसेको ठाउँमा चितवनको सीमा नजिकै पर्छ। ‘पहिरो ठूलो छ। पन्छाउन अझै समय लाग्ने देखिन्छ,’ डीएसपी हमालले भने, ‘गएरातिदेखि नै यहाँ दुवैतर्फ सवारी साधन रोकिएका छन्।’ 

    चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खस्दा शुक्रबार र शनिबार दुई दिन सवारी सञ्चालन पूर्णरुपमा रोकिएका थिए। त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेका थिए। 

    पटकपटक पहिरो खस्दा दसैँको बेला यात्रुले सास्ती पाएका छन्। यात्रामा जोखिम पनि बढेकाले सुरक्षित ढंगले यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend