काठमाडौँ । सरकारले गृह सचिवसहित तीन सचिवको सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ।
यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

