काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट सुविधा पाउने भएका छन् । उक्त सुविधा उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सो सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

