२०८३, आश्विन २० गते

images

वर्षा र बाढीपहिरोका कारण देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

वर्षा र बाढीपहिरोका कारण देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मंगलवार, आश्विन ७ २०८२०२:३०
मंगलवार, आश्विन ७ २०८२०२:३०
  • images

    काठमाडौं । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। नेपाल प्रहरीले आज दिउँसो १२:२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

    पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू:

    कोशी राजमार्ग: संखुवासभाको भोटखोला गाउँपालिका–५ (वरुण) र मकालु गाउँपालिका–३ (एकुवा) मा अवरुद्ध।

    नेपाल–चीन जोड्ने पुल: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।

    अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ (कोदारी) मा पहिरोका कारण अवरुद्ध।

    पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० (बादरेमोड) मा पहिरोले अवरुद्ध।

    नारायणगढ–मुग्लिन सडक: चितवनको इच्छाकामना गाउँपालिका–५ (तुइनखोला) मा पहिरोले पूर्ण रूपमा अवरुद्ध।


    एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरू:

    गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी: रसुवाको उत्तरगया गाउँपालिका–५ (नौबिसे) मा बाढीका कारण एकतर्फी सञ्चालनमा।

    कालीगण्डकी करिडोर: बाग्लुङको कालाखोला र नवलपरासीको गैंडाकोट–३ (तरङ्गखोल) मा पहिरो र बाढीका कारण एकतर्फी सञ्चालनमा।

    पूर्व-पश्चिम राजमार्ग: नवलपरासी पूर्वको विनयी त्रिवेणी नगरपालिका–२ (विश्वकर्मा मन्दिर र ६५ मोड) मा पहिरो र वर्षाका कारण एकतर्फी सञ्चालनमा।

    मध्यपहाडी लोकमार्ग: रुकुम पूर्वको भूमे गाउँपालिका–४ (काँडाबगर) मा पहिरोले एकतर्फी सञ्चालनमा।

    प्रहरीले अवरुद्ध सडकहरू खुलाउन आवश्यक प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थाबारे थप जानकारी प्राप्त भएमा यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह दिइन्छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend