२०८३, आश्विन २३ गते

images

डा.बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा

डा.बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा

बुधवार, आश्विन ८ २०८२०५:२५
बुधवार, आश्विन ८ २०८२०५:२५
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा डा. भट्टराईले राजीनामा दिएका हुन् ।

    त्यस्तै बैठकले वर्तमान केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने तयारी समेत गरेको छ । त्यसका साथै आजकै बैठकले महाधिवेशन आयोजक समिति समेत गठन गरिएको छ ।


    आयोजक कमिटीको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने निर्णय भएको समेत बताइएको छ । जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन र युवाहरुको प्रतिनिधित्वका लागि डा. भट्टराईले अध्यक्ष पद छाडेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend