२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दसैँको दिनबाहेक अध्यागमन विभागले अन्य दिन...

दसैँको दिनबाहेक अध्यागमन विभागले अन्य दिन सेवा जारी राख्ने

दसैँको दिनबाहेक अध्यागमन विभागले अन्य दिन सेवा जारी राख्ने

बिहिवार, आश्विन ९ २०८२०७:३५
बिहिवार, आश्विन ९ २०८२०७:३५
  • images

    काठमाडौँ । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

    यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । 

    विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend