२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पद त्यागे पनि राजनीतिबाट अलग भएको...

पद त्यागे पनि राजनीतिबाट अलग भएको छैनः डा. भट्टराई

पद त्यागे पनि राजनीतिबाट अलग भएको छैनः डा. भट्टराई

बिहिवार, आश्विन ९ २०८२०१:४७
बिहिवार, आश्विन ९ २०८२०१:४७
  • images

    काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन्।

    नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिन अध्यक्ष पद त्यागेको उनले बताए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु, र भोलि पनि निरन्तर रहनेछु।”

    उनले जेन–जेड युवा आन्दोलनलाई जायज ठहराउँदै समर्थन जनाएका छन्। साथै, आगामी निर्वाचनअघि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै भने, “यदि कारबाही भएन भने, फेरि पनि भ्रष्ट नेताहरू निर्वाचित भएर आउँछन्।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend