२०८३, आश्विन २० गते

images

विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाउँदा कारबाही हुने

विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाउँदा कारबाही हुने

बिहिवार, आश्विन ९ २०८२०६:०४
बिहिवार, आश्विन ९ २०८२०६:०४
  • images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यस प्रकारका गतिविधि उडान सुरक्षामा खतरा भएको भन्दै प्रतिबन्ध लगाएको हो।

    विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार पछिल्ला दिनमा विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाइने गतिविधि देखिएकाले यस्तो कार्य नगर्न र नगराउन आग्रह गरिएको हो।

    ‘विमानको उडान सुरक्षामा यसले गम्भीर असर पार्न सक्छ। त्यसैले विमानस्थल वरपर चङ्गा, ड्रोन, बेलुन उडाउने वा लेजर लाइट प्रयोग गर्ने कार्य नगर्न आग्रह गर्दछौं,’ उनले भने।

    पाण्डेका अनुसार प्राधिकरणले यस्तो कार्यमा संलग्न हुनेलाई कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend