२०८३, आश्विन २० गते

images

चाडपर्वमा कालोबजारी र ठगी नगर्न ललितपुर प्रशासनको आग्रह

चाडपर्वमा कालोबजारी र ठगी नगर्न ललितपुर प्रशासनको आग्रह

शनिवार, आश्विन ११ २०८२०८:४१
शनिवार, आश्विन ११ २०८२०८:४१
  • images

    ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वका अवसरमा जिल्लावासी सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरेको छ ।     
         
     कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो ।     
         
     सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियम पालना गर्न जिल्ला प्रशासनले सबैलाई अनुरोध गरेको छ । चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन कार्यालयले सूचनामार्फत सबैलाई सचेत गराएको हो ।     
         
     साथै, गैरकानुनी रूपमा चिट्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई ध्यानाकर्षण गराएको छ । जिल्लावासीलाई सार्वजनिकस्थलमा होहल्ला नगरी सभ्य र मर्यादित तरिकाले चाडपर्व मनाउन आग्रह गरिएको छ । गैरकानुनी गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend