२०८३, आश्विन २३ गते

images

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

आइतवार, आश्विन १२ २०८२०४:२४
आइतवार, आश्विन १२ २०८२०४:२४
  • images

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति फेरि आगजनी भएको छ। गएराति साढे २ बजेतिर अज्ञात व्यक्तिहरूको समूहले निवासमा प्रवेश गरेर आगो लगाएको हो ।  

    आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उक्त घरमा आगजनी भएको थियो । पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको कास्कीका प्रहरी प्रमुख ९एसपी० नवीन कार्कीले जानकारी दिए । 

    अघिल्लो आगजनीमा बाँकी रहेको एउटा कोठामा आगजनी गरेको र केही लागु पदार्थसमेत फेला परेकाले सोही अनुसार अनुसन्धान भइरहेको कार्कीको भनाइ छ । 

    मुख्यमन्त्री पाण्डे भने अहिले प्रमुख सचिवको निवासमा बस्दै आएका छन् । आगजनी भएको सरकारी निवासमा भने ताल्चा लगाइएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend