२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लगातार वर्षाका कारण बाढी–पहिरोमा ५२ जनाको...

लगातार वर्षाका कारण बाढी–पहिरोमा ५२ जनाको मृत्यु

लगातार वर्षाका कारण बाढी–पहिरोमा ५२ जनाको मृत्यु

आइतवार, आश्विन १९ २०८२०८:१३
आइतवार, आश्विन १९ २०८२०८:१३
  • images

    काठमाडौं । शुक्रबार र शनिबार लगातार परेको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ५२ जनाको ज्यान लिएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ५२ पुगेको हो।

    सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ। इलाममा मात्र ३७ जनाले ज्यान गुमाएका छन् भने पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, मधेश प्रदेशको रौतहटमा बाढीले ३ जनाको ज्यान लिएको छ।

    अहिलेसम्म अन्य प्रदेशका विभिन्न जिल्लाबाट समेत जनधनको क्षतिको विवरण आएको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको र प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको पनि जानकारी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend