२०८३, आश्विन २० गते

images

वात्सल्यको नयाँ क्लिनिक मेडिसिटीमा

वात्सल्यको नयाँ क्लिनिक मेडिसिटीमा

सीएनएन खबर
मंगलवार, भाद्र ११ २०८१०६:००
सीएनएन खबर
मंगलवार, भाद्र ११ २०८१०६:००
  • images

    काठमाडौँ । नेचुरल प्रविधिमार्फत सन्तान प्राप्तिको उपचार गर्दै आएको वात्सल्य नेचुरल आई.भि.एफले मेडिसिटी अस्पतालमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । कम्पनीले शनिबार नेपाल मेडिसिटि अस्पतालसँगको सहकार्यमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको हो । 

    नेपाल मेडिसिटि अस्पताल नखुमा रहेको क्लिनिकको उद्घाटन डा.उपेन्द्र महतोले गरे । समारोहमा वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ का मिस नेपाल विजेताहरु आश्मा कुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।

    वात्सल्यको रिब्रेंडिंगले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरू, र नयाँ विषयवस्तु सहित नयाँ नारा (स्लोगन) ‘नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ । विगत ८ वर्ष देखि वात्सल्यले करिब ५००० जोडीहरूलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।

    यस नयाँ पहिचानसँगै, वात्सल्यले इच्छुक दम्पतीहरु माझ अभिभावकत्वको आशा पुन जगाउँदै उनीहरुलाई एक नयाँ प्रेरणा र नयाँ जीवन दिने आफ्नो प्रतिबद्धता दर्शाएको छ ।

    ‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो । हाम्रो रिब्रेंडिंग नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आई.भि.एफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।

    वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन, र बुटवलमा सेवा प्रदान गदै आएको छ, र पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको छ । यस विस्तारका साथ वात्सल्यले नेपाल भरका इच्छुक परिवारहरुलाई प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न तत्पर रहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend