२०८३, आश्विन २० गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, अब तोलाकै २ लाख ३३ हजार बढी

सुनको मूल्यमा नयाँ रेकर्ड, अब तोलाकै २ लाख ३३ हजार बढी

सोमवार, आश्विन २० २०८२१०:४९
सोमवार, आश्विन २० २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आइतबार यसको मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको छ । आइतबार २ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९९ हजार ८४५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५३८ रुपैयाँमा कारोबार भईरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend