२०८३, आश्विन २० गते

images

जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरेका व्यक्तिले नै गरे आमाको हत्या

जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरेका व्यक्तिले नै गरे आमाको हत्या

सोमवार, आश्विन २० २०८२०२:०९
सोमवार, आश्विन २० २०८२०२:०९
  • images

    काठमाडौं । जेनजी आन्दोलनमा अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एक युवा आफ्नै आमाको बीभत्स हत्या गरेको पाइएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५५ वर्षीया राममाया कँडेलको हत्या ३० वर्षीय यमबहादुर कँडेलले गरेको अभियोगमा पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले नियन्त्रणमा राख्ने प्रयास गर्दा विवादमा परेको व्यक्ति हुन्। आन्दोलनको क्रममा उनले प्रहरीसँग उभिएर विरोध गर्दै भाइरल भिडिओमा देखिएका थिए। भिडिओमा उनले भनेका थिए, “मेरो आँखामा डर छ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ।”

    एसपी रिजालका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियार खुँडाको प्रयोग गरी आमाको हत्या गरेका छन्। प्रहरी घटनास्थलमा पुगेर हतियारसहित उनलाई नियन्त्रणमा लिन सफल भएको छ।

    घटनाले त्रिपुरासुन्दरी गाउँलाई स्तब्ध बनाएको छ। स्थानीयवासीहरूले घटना पछि शोक व्यक्त गर्दै यस्ता हिंसात्मक क्रियाकलापले समाजमा गम्भीर असर पार्ने बताएका छन्।

    एसपी रिजालले नागरिकहरूलाई शान्ति कायम राख्न र घटना सम्बन्धी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। प्रहरीले घटनाको पूर्ण विवरण जुटाउने र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend