२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी...

ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

मंगलवार, आश्विन २१ २०८२०८:०१
मंगलवार, आश्विन २१ २०८२०८:०१
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक छ ।

    ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ुप्यान अपडेटु विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यसका साथै, ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    बैंकका अनुसार, प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण ईडीटीएसमा सो प्यानमा स्वतः प्रविष्ट हुनेछ, जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण कर विवरण ईडीटीएसमा दाखिला नभएमा, बैंक त्यसको जिम्मेवार हुनेछैन ।

    यसैगरी, पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend