काठमाडौं । भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृतमाथि कालोमोसो दलिएको छ । लामो समयदेखि कानुन विपरितको भुक्तानी गर्न लेखा प्रमुख गौतममाथि दबाब बनाएका बिक्की पाण्डेकाे समूहले सोमबार आक्रोसित हुँदै कालोमोसो दलेकाे हाे ।
प्रत्यक्षदर्शीका अनुसार सोमबार एक होटलमा बसेका लेखा अधिकृत गौतमलाई भेट्ने भन्दै नेकपा माओवादी निकट मानिने पाण्डे समूह होटल पसेकाे थियाे । उनीहरुले अधिकृत गौतमसहित केही व्यक्ति बसेको होटलको क्याविनमा एक्कासि छिरेर कालोमोसो दलेको बताइएको छ ।
सुरुमा हातपात गर्ने योजनामा रहेको सो समूह साेही होटलमा रहेको अर्का प्रत्यक्षदर्शीले बताए । स्रोतका अनुसार पाण्डेको समूहले केही समय अघि भौतिक पूर्वाधार विकास कार्यालयबाट सेवा लिँदा प्रक्रिया नमिलेको र पछि प्रक्रिया मिलाउने भन्दै अर्कै व्यक्तिले अधिकृत गौतमको नाममा घुस लिएको पाइएको थियो ।

