२०८३, आश्विन २० गते

images

सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार

सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार

बुधवार, आश्विन २२ २०८२०१:५१
बुधवार, आश्विन २२ २०८२०१:५१
  • images

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको छ। चिनियाँ राज्य मिडिया ‘सिन्ह्वा’का अनुसार सबैजना सुरक्षित रूपमा नजिकका बस्तीहरूमा फर्काइएका छन्।

    गत सप्ताहन्तमा परेको तीव्र हिमपातले तिब्बतको उच्च हिमाली क्षेत्रमा रहेका धेरै शिविरहरू पुरिँदा सयौँ यात्रु र गाइडहरू फसेका थिए। उद्धार टोलीहरूले अग्निशामक, घोडा, याक र ड्रोनको सहयोगमा ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ।

    सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी तथा याक गोठालाहरू सुरक्षित रूपमा उद्धार गरी नजिकका बस्तीमा पुर्‍याइएको छ। उद्धार टोलीहरूले थप एक दर्जन पर्वतारोहीहरूलाई आपूर्तिसहित सुरक्षित स्थानमा पुर्‍याएका छन्।

    चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पछिल्ला वर्षहरूमा पर्यटन तीव्र गतिमा बढ्दै गएको छ। यस वर्षको आठ दिने राष्ट्रिय बिदामा हजारौँ पर्यटक र ट्रेकिङ प्रेमीहरू उक्त क्षेत्रमा पुगेका थिए। तर, चरम मौसमका कारण धेरैजना आकस्मिक रूपमा हिमपातमा फस्न पुगेका थिए।

    सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ। तर अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा केही क्षति पुगेको जनाइएको छ।

    छिमेकी किङ्घाई प्रान्तमा भने एक हाइकरको हाइपोथर्मिया र उचाइजन्य रोगका कारण मृत्यु भएको पुष्टि भएको छ।

    यसैबीच, नेपाल–भारत सिमानामा परेको भारी वर्षाले उत्पन्न बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको र उद्धारकर्मीहरू अझै दुर्गम पहाडी बस्तीहरूमा पुग्न कठिनाइमा परेका अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend