२०८३, आश्विन २० गते

images

१५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै सकियो कामना सेवाको १९औं वार्षिक साधारणसभा

१५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै सकियो कामना सेवाको १९औं वार्षिक साधारणसभा

शुक्रवार, आश्विन २४ २०८२०१:५७
शुक्रवार, आश्विन २४ २०८२०१:५७
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नक्सालमा भएको साधारण सभाले १० प्रतिशत नोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९८ प्रतिशत लाभांश पारित गरेको हो । 

    उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८१.८२ को वार्षिक वित्तीयविवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसैगरि सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।  

    उक्त साधारणसभाले आ.व. २०८२\०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

    साधारणसभामा सेयरधनीले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सीईओ थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न बैंक सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend