२०८३, आश्विन २० गते

images

१३ ठाउँमा क्षति पुगेको विपी राजमार्ग अस्थायी रुपमा मर्मत गरेर ल्याईयो सञ्चालनमा

१३ ठाउँमा क्षति पुगेको विपी राजमार्ग अस्थायी रुपमा मर्मत गरेर ल्याईयो सञ्चालनमा

शुक्रवार, आश्विन २४ २०८२०४:१७
शुक्रवार, आश्विन २४ २०८२०४:१७
  • images

    काठमाडौँ । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । 

    सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघिय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडांैका प्रमुख शुभराज न्यौपानेले बताए । 

    अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । 

    बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभे्रको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो) मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) मा सडक क्षति पुगेको थियो । 

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिएका थिए । उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend