२०८३, आश्विन २० गते

images
  • समाचार
  • विपिन जोशी २२ जीवित बन्धकहरूको सूचिमा,...

विपिन जोशी २२ जीवित बन्धकहरूको सूचिमा, चाँडै रिहा हुने आशा

विपिन जोशी २२ जीवित बन्धकहरूको सूचिमा, चाँडै रिहा हुने आशा

आइतवार, आश्विन २६ २०८२१०:२०
आइतवार, आश्विन २६ २०८२१०:२०
  • images

    काठमाडौँ । इजरायल र हमासबीचको हालैको युद्धविराम सम्झौताले बन्धकहरू मुक्त हुने मार्ग खोलिदिएको छ भने पहिलो चरणमा सोमबारदेखि गाजामा रहेका केही बन्धकहरू रिहा गरिने तयारी भइरहेको छ। 

    यो क्रममा हमासले गाजामा नियन्त्रणमा राखेका २२ जना जीवित बन्धकहरूको नाम सार्वजनिक भएको छ जसमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको जीवित बन्धकहरूको सूचिमा विपिन जोशीको नाम पनि समावेश गरिएको हो। यसअघि सीएनएनले विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको जनाएको थियो तर अहिले सार्वजनिक सूचीले विपिन जोशी अझै जीवित रहेको संकेत गरेको छ।

    सन् २०२३ को अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणका क्रममा नेपालका १७ विद्यार्थी प्रभावित भएका थिए जसमा कम्तीमा १० जना मारिएका र अन्य केही घाइते भएका थिए। सोही घटनापछि हमासको नियन्त्रणमा रहेका विपिन जोशी लामो समयदेखि सम्पर्कविहीन छन्।

    युद्धविरामको पहिलो चरणअनुसार सोमबारदेखि मंगलबारसम्म केही बन्धकहरू मुक्त हुने अपेक्षा गरिएको छ। विपिनको नाम जीवित बन्धकको सूचीमा देखिएपछि अब उनी चाँडै रिहा हुन सक्ने आशा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend