काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो। हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ।
राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो ।इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।

