२०८३, आश्विन २० गते

images

ताेलाकाे २ लाख ४० हजार नाघ्याे सुनकाे मूल्य

ताेलाकाे २ लाख ४० हजार नाघ्याे सुनकाे मूल्य

सोमवार, आश्विन २७ २०८२११:१६
सोमवार, आश्विन २७ २०८२११:१६
  • images

    काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आइतबारको तुलनामा २ हजार ४ सय रुपैयाँले बढी हो । आइतबार तोलाको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    सुनको मूल्य लगातार बढ्दै जाँदा बजारमा रौनकता त बढेको छ, तर उपभोक्ता भने प्रभावित भएका छन् । व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, तेल मूल्यको वृद्धि र मध्यपूर्वीय तनावका कारण सुनको मूल्यमा चाप परेको बताएका छन् ।

    त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको ३ हजार २२० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६ हजार १०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७६० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend