२०८३, आश्विन २० गते

images

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

बुधवार, भाद्र १२ २०८१०५:४९
बुधवार, भाद्र १२ २०८१०५:४९
  • images

    काठमाडौं । नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधि नजिक पुगेर पनि टाढिएको हो। साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको हो।

    सन् २०१७ मा नेपालसँग हेड टू हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो। यस्तै, सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो।

    सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध भयो। एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई २–१ ले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो। तर फाइनलमा भने नेपाल बंगाली टोलीसँग पराजित भयो। फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend