२०८३, आश्विन २० गते

images

मधेश प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा

मधेश प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा

सोमवार, आश्विन २७ २०८२०५:५०
सोमवार, आश्विन २७ २०८२०५:५०
  • images

    काठमाडौं । मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्। उनी लोसपाबाट मन्त्री बनेकी थिइन्।

    मुख्यमन्त्री सिंहले बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् ।

    यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ। यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend