२०८३, आश्विन २० गते

images
  • समाचार
  • हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएको...

हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएको शव, पहिचान प्रक्रिया सुरु

हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएको शव, पहिचान प्रक्रिया सुरु

मंगलवार, आश्विन २८ २०८२०८:५९
मंगलवार, आश्विन २८ २०८२०८:५९
  • images

    काठमाडौँ । हमासको कब्जामै मृत्यु भएको दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ।  सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

    टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो।  विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ।

    इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्‍याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गरेका छन् । 

    फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।  

    फरेन्सिक परीक्षणपछि शव परिवारको जिम्मा लगाइनेछ । त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी  छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend