२०८३, आश्विन २० गते

images

विपिन जोशीको शव काठमाडौं ल्याइयो

विपिन जोशीको शव काठमाडौं ल्याइयो

सोमवार, कार्तिक ३ २०८२०४:५३
सोमवार, कार्तिक ३ २०८२०४:५३
  • images

    काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई श्रद्धाञ्जली दिइएको थियो।

    प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थ अधिकारीहरू विमानस्थलमा उपस्थित भई जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

    विपिनको शव आजै उनको कञ्चनपुरस्थित घरमा लगिने तयारी भइरहेको छ। त्यहीँ उनकाे अन्तिम संस्कार हुने बताइएको छ।

    अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन हमासको अपहरणमा परेका थिए। अपहरणकै क्रममा उनको हत्या भएको पुष्टि भएको छ।

    हमासले इजरायलको आक्रमणमा विपिनको मृत्यु भएको दाबी गरेको छ भने इजरायलले हमास लडाकुले हत्या गरेको दाबी गरेको छ।

    विपिनको निधनले नेपालभर दुःख र सदमा फैलिएको छ। सरकार र स्थानीय प्रशासनले उनको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend