२०८३, आश्विन २० गते

images

जेनजी आन्दोलन नेपालमा आएको चट्याङ हो : मन्त्री पुन

जेनजी आन्दोलन नेपालमा आएको चट्याङ हो : मन्त्री पुन

सोमवार, कार्तिक ३ २०८२०५:१३
सोमवार, कार्तिक ३ २०८२०५:१३
  • images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ‘चट्याङ’सँग तुलना गरेका छन्।

    सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले जेनजीयुवाहरूको आन्दोलनले उत्पन्न प्रभावलाई आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको बताए।

    उनले भने, “अहिले अवस्था संक्रमणकालीन छ। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न सकिन्छ। यो चट्याङ हजार वर्षपछि पनि नआउन सक्छ। यसकारण जेनजी आन्दोलन चट्याङ हो, त्यो भन्दा अर्को होइन। चट्याङले अलिकति विध्वंस गर्‍यो। यो सय वर्षमा आउन पनि सक्छ नआउन पनि सक्छ।”

    मन्त्री पुनले यस्तो विषम परिस्थितिमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले मन्त्री बनेको पनि स्पष्ट पारे। उनले भने, “यो कसैले गर भन्नु या नगर भन्नुका कारण म मन्त्री भएको होइन। मैले स्वविवेक र जिम्मेवारीका आधारमा यो निर्णय लिएको हुँ।”

    जेनजी आन्दोलन र त्यसको प्रभावबारे मन्त्री पुनका यी टिप्पणीहरूले नेपालमा हालको सामाजिक र राजनीतिक परिप्रेक्ष्यमाथि चर्चाको विषय बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend