२०८३, आश्विन २० गते

images

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित चिनियाँ र नेपाली पक्राउ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित चिनियाँ र नेपाली पक्राउ

शुक्रवार, कार्तिक ७ २०८२०७:५९
शुक्रवार, कार्तिक ७ २०८२०७:५९
  • images

    काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जना चिनियाँ र एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङ नीलकण्ठ नगरपालिका–५ की २२ वर्षीया रोजिना सुनार रहेका छन्।

    एआईजी कार्कीले भने, “स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको छ।”

    प्रहरीका अनुसार पक्राउ परेकाहरू स्वयम्भू क्षेत्रको एउटा भाडाको कोठामा बस्दै आएका थिए। त्यही कोठाबाट प्रहरीले सुनका केही गहना र अन्य सामग्रीहरू समेत बरामद गरेको छ।

    प्रहरीले उक्त रकम र गहना कहाँबाट आएको हो भन्नेबारे अनुसन्धान अघि बढाएको जनाएको छ। स्रोत नखुलेको रकम र विदेशी नागरिकको संलग्नता देखिएकाले यस घटनालाई आर्थिक अपराधको आशंकासहित अनुसन्धान गरिँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend