२०८३, आश्विन १९ गते

images
  • समाचार
  • साउनदेखि असोज मसान्तसम्म ११ अर्ब...

साउनदेखि असोज मसान्तसम्म ११ अर्ब बराबरको सुन आयात

साउनदेखि असोज मसान्तसम्म ११ अर्ब बराबरको सुन आयात

सोमवार, कार्तिक १० २०८२०३:२७
सोमवार, कार्तिक १० २०८२०३:२७
  • images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब ११ अर्ब रुपैयाँ बराबरको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा १०५ किलो सुन देश भित्रिएको छ।

    विभागका तथ्याङ्कअनुसार, कुल सुन आयातमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँ मूल्यको ६०१ किलो काँचो सुन र ४७ करोड ७४ लाख ६० हजार रुपैयाँ बराबरको सुनका गरगहना आयात भएका छन्।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो सुनका गरगहना मात्र आयात भएका थिए। यस हिसाबले चालु वर्ष सुन आयातमा उल्लेखनीय वृद्धि भएको छ।

    यस्तै, चाँदी आयातमा पनि वृद्धि देखिएको छ। चालु वर्षको असोज मसान्तसम्म २० करोड १३ लाख रुपैयाँ बराबरको १९ हजार ७१ किलो काँचो चाँदी आयात भएको भन्सार विभागले जनाएको छ।

    त्यसैगरी, १६ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८,१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ हजार ४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ।

    अघिल्लो वर्ष यसै अवधिमा भने १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी, ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५,४६५ किलो चाँदीको धुलो र ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना मात्र आयात भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend