२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही तीन...

टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही तीन लाख प्रोत्साहन भत्ता

टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही तीन लाख प्रोत्साहन भत्ता

बिहिवार, भाद्र १३ २०८११०:३६
बिहिवार, भाद्र १३ २०८११०:३६
  • images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

    यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही तीन लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही एक लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
    यस्तै प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । सबै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिकबापतको रकम प्रदेशहरूमा पठाइने छ । खेलाडीहरूसँग प्रदेश क्रिकेट संघले नै सम्झौता गर्ने छ ।

    क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।

    1_sT9I4yLuYi.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend